FAQs Complain Problems

मिति २०७५/५/३ गते सुनवल नगरपालिका नेपालकै पहिलो बाल मैत्री स्थानीय तह घोषणा भएको छ

सुनवल नगरपालिकाले विगत ७ वर्ष देखि बालअधिकारको क्षेत्रमा बालमैत्री स्थानीय शासन कार्यक्रम संचालन गर्दै आइरहेको छ । सुनवल नगरपालिका बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि २०७० बमोजिमका सम्पूर्ण चरण र सुचकहरु पार गरि बिगतमा २०७२ जेठ ३२ गते नेपालको पहिलो बालमैत्री स्थानीय शासन लागु भएको नगरपालिका घोषणा भएको थियो |

देश संघिय संरचनामा गए पश्चात् यस नगरपालिकामा साविक रामनगर गा.वि.स.र धुरकोटको वडा नं. ६ समावेश गरि वडा नं. ११, १२ र १३ कायम भएको र उक्त वडाहरुमा समेत विगत १ बर्षदेखि बालमैत्री स्थानीय शासन सम्बन्धी गतिविधिहरु निरन्तर संचालन गरि निर्धारित सम्पूर्ण चरण र सुचकहरु पार गरिसकेकोले उक्त वडाहरुलाई समेत बालमैत्री घोषणा गरि स्थानीय तहहरुमा पनि पहिलो स्थानीय तहको रुपमा नेपालको पहिलो बालमैत्री स्थानीय शासन लागु भएको नगरपालिकाको पहिचान कायम राखी मिति २०७५ साल भाद्र ३ गतेका दिन  प्रदेश नं ५ का माननीय मुख्य मन्त्री श्री शंकर पोखरेल ज्यूको प्रमुख आतिथ्यतामा वडा तथा नगर घोषणा समारोह आयोजना गरि सुनवल नगरलाई नेपालकै प्रथम बाल मैत्री नगर घोषणा गरिएको छ |