News & Events
जिल्ला अदालत नवलपरासीद्वारा न्यायिक समितिको न्यायिक कार्यसम्पादन सम्बन्धी निरीक्षण कार्यक्रम
सुनवल नगरपालिका अन्तर्गत न्यायिक समितिको न्यायिक कार्यसम्पादन सम्बन्धी निरीक्षण कार्यक्रम मिति २०८३।०२।०१ गते सम्पन्न भएको छ।
उक्त निरीक्षण कार्यक्रममा माननीय जिल्ला न्यायाधीश श्री धर्मराज पौडेलज्यू लगायत जिल्ला अदालतका श्रेस्तेदारज्यू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। निरीक्षण टोलीलाई सुनवल नगरपालिकाको न्यायिक समितिका तर्फबाट न्यायिक समिति संयोजक तथा नगर उप–प्रमुख श्री सूर्य प्रसाद दुबेज्यूले स्वागत गर्नुभएको थियो। कार्यक्रममा सुनवल नगरपालिकाका न्यायिक समिति सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू, न्यायिक शाखाका कर्मचारीहरू तथा नगरपालिकाका कानूनी सल्लाहकारज्यूको समेत उपस्थिति रहेको थियो।
निरीक्षणका क्रममा न्यायिक समितिबाट सम्पादन हुँदै आएका उजुरी दर्ता, मेलमिलाप प्रक्रिया, अभिलेख प्रणाली तथा न्यायिक कार्यसम्पादनसम्बन्धी विषयहरूबारे जानकारी गराइएको थियो। साथै निरीक्षण टोलीबाट आवश्यक सुझाव तथा मार्गदर्शन प्राप्त भएको थियो।
