FAQs Complain Problems

News & Events

आगामी आ.व. २०८३।८४ को योजना छनौट सम्वन्धमा । (श्री वडा कार्यालयहरु सबै)

श्री वडा कार्यालयहरु सबै
सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सुनवल, नवलपरासी ।
उपरोक्त सम्वन्धमा आर्थिक बर्ष २०८३।८४ को बार्षिक योजना तर्जुमा गर्ने सन्दर्भमा यस कार्यालयको च.नं. २३७१, मिति २०८२।१२।१७ को पत्रबाट तोकिएको ढाँचामा २०८३।०२।१५ गते सम्म तयार गरी पठाउन अनुरोध गरिएको व्यहोरा स्मरण गराउदै सो सम्वन्धमा आवश्यक प्रक्रियाहरु अगाडी बढाउनु हुन सादर अनुरोध छ ।

यस कार्यालयको च.नं. २३७१, मिति २०८२।१२।१७ को पत्रको व्यहोरा 

उपरोक्त सम्वन्धमा सुनवल नगरपालिकाको मिति २०८२।१२।८ गते सम्पन्न कार्यपालिका बैठकको निर्णयानुसार आगामी आर्थिक बर्ष २०८३।८४ को बार्षिक योजना तर्जुमा गर्ने सन्दर्भमा स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम सहभागितात्मक योजना तर्जुमाका सबै चरणहरु पुरा गरी सबै वडाहरुका बस्ती/ठोल, वडा तथा नगर स्तरीय योजना छनौट प्रक्रिया पुरा गरी आगामी २०८३ जेठ १५ गते सम्म संकलन र प्राथमिकता निर्धारण सहित अन्तिम रुप दिने निर्णय भए बमोजिम देहाय बमोजिम गर्नु/गराउनु हुन सादर अनुरोध छ ।