FAQs Complain Problems

विवरण उपलब्ध गराउने सम्बन्धमा । (प्रथम पटक प्रकाशित- 2082/11/27)

विवरण उपलब्ध गराउने सम्बन्धमा ।
(प्रथम पटक प्रकाशित)
प्रस्तुत विषयमा भेटेरिनेरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नवलपरासी (ब.सु.प.) की आर्थिक तथा प्राविधिक सहयोगमा सुनवल नगरपालिकामा रहेका गाईभैसीमा बाझोपना निवारण (DOOR TO DOOR) शिविर सञ्चालन गरिने भएकोले सुनवल  नगरपालिका भित्रका गाई भैसीमा बाझोपना सम्बन्धी समस्या भएका पशुपालक कृषकहरूले आजको मितिले ५ दिन (२०८२/१२/०१ गते) को कार्यालय समय भित्र सुनबल नगरपालिका पशु सेवा शाखामा कार्यरत कर्मचारी श्री जय नेपाल बानियाको मोबाईल नं. ९८४७०४१८०७. ९७०३३९१८५०, श्री नारायण पाण्डेय पशु सेवा केन्द्र भुमही मो. ९८४७००५०१९ वा  धनराज मगर पशु सेवा केन्द्र रजहवा मो. ९८०४४०४६०४ मा सम्पर्क गरेर आफ्नो समस्या/विवरण उपलब्ध गराउनु टिपाउनु हुन अनुरोध छ।