FAQs Complain Problems

News & Events

SEE–२०८२ को नतिजामा सफलता प्राप्त गर्नुहुने सुनवल नगरपालिकाका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई

हालै सार्वजनिक भएको SEE–२०८२ को नतिजामा सफलता प्राप्त गर्नुहुने सुनवल नगरपालिकाका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।
यस उपलब्धि प्राप्तिका लागि अहोरात्र खटिनुहुने सम्पूर्ण विद्यार्थीहरु, शिक्षक–शिक्षिकाहरू, प्रधानाध्यापकज्यूहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, अभिभावकज्यूहरू साथै परीक्षा मर्यादित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने केन्द्राध्यक्षज्यूहरू, निरीक्षकज्यूहरू, सुरक्षाकर्मी, नगर शिक्षा समिति तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सबै सरोकारवालाहरूप्रति सुनवल नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दछु।

अपेक्षित नतिजा प्राप्त गर्न नसक्नुभएका विद्यार्थी भाइ बहिनीहरूलाई निराश नभई अठोट, मेहनत र दृढ संकल्पका साथ अघि बढे सफलता अवश्य प्राप्त हुन्छ भन्ने विश्वासका साथ पुनः प्रयासमा जुट्न म विशेष आग्रह गर्दछु।

अन्त्यमा, शिक्षाको माध्यमबाट सुनवललाई अझ सक्षम, सभ्य र उत्कृष्ट नगर बनाउने साझा अभियानमा सबैको निरन्तर साथ र सहयोग रहने अपेक्षा गर्दै सबैलाई फेरिपनि हार्दिक बधाई र शुभकामना दिन चाहन्छु ।

धन्यवाद।

बिमला अर्याल
नगर प्रमुख
सुनवल नगरपालिका