FAQs Complain Problems

News & Events

सेवा प्रवाह स्थगन सम्बन्धमा मितिः २०८२/०५/2५

विगत तीन दिनदेखि देशमा जारी आन्दोलन र प्रदर्शनका कारण जनजीवन प्रभावित भएको, शान्ति सुरक्षा असामान्य भएको कठिन परिस्थिति  तथा जिल्ला प्रशासन कार्यालय, नवलपरासीको मिति २०८२/०५/२४ को आदेशअनुसार नवलपरासी जिल्लामा अर्को आदेश नभए सम्म  कर्फ्यु समेत जारी भएकोले कर्मचारी र सेवाग्राही दुवैलाई कार्यालयसम्म आवतजावत गर्न र सेवा प्रवाह गर्न कठिन भएको छ।

सोही विषयलाई मध्यनजर गर्दै यस सुनवल नगरपालिकाको कार्यालय र यस अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुबाट  (आकस्मिक सेवा बाहेकका) प्रवाह हुने सेवाहरु भोलि  मिति २०८२/०५/२६ गते देखि  सुचारु गर्न नसकिने व्यहोरा जानकारीको लागि अनुरोध छ ।यसबाट सेवाग्राही महानुभावहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।