FAQs Complain Problems

समाचार

शोक बिदा सम्बन्धमा

हिजो मिति २०८२ साल  भाद्र २३ गते नेपालको राजधानी काठमाडौँ सहित देशका विभिन्न सहरमा  Generation Z का युवापुस्ता  तथा विद्यार्थीहरूले गरेको शान्तिपूर्ण  प्रदर्शनमा १९ जना युवाको दुःखद निधन भएको र  धेरैजना घाइते  भएको समाचारले देश नै स्तब्ध र मर्माहत भएको  छ ।

हामी यस दुःखद घटनामा ज्यान गुमाएका सबै दिवंगत आत्माहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा  हार्दिक समवेदना व्यक्त गर्दछौ। साथै यस घटनाका सबै  घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौं ।

यस दुःखद घटनाको शोकमा आज मिति २०८२/०५/24 गते मंगलवार   सुनवल नगरपालिका कार्यालय र यस अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा (आकस्मिक सेवा बाहेकका) आज  एक दिनको शोक बिदा  दिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।