FAQs Complain Problems

फोटो ग्यालरी

उक्त बैठकमा नगर प्रमुखज्यूद्वारा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सभा समक्ष प्रस्तुत भई सर्वसम्मत रूपमा पारित गरिएको छ भने लगत्तै नगर उप-प्रमुखज्यूद्वारा आगामी आर्थिक वर्षको बजेट, आर्थिक एवम् विनियोजन विधेयक समेत प्रस्तुत भई पारित गरिएको छ। साथै, सभामा नगरपालिका अन्तर्गतका विभिन्न विषयगत समितिहरूको प्रतिवेदनहरू र समसामयिक विषयवस्तुहरूमा छलफल हुनुका साथै नगरको दिगो विकास र समृद्धिका लागि महत्त्वपूर्ण निर्णयहरू पारित भएका छन्।

, , ,

सुनवल नगरपालिका अन्तर्गत न्यायिक समितिको न्यायिक कार्यसम्पादन सम्बन्धी निरीक्षण कार्यक्रम  मिति २०८३।०२।०१ गते सम्पन्न भएको छ।

उक्त निरीक्षण कार्यक्रममा माननीय जिल्ला न्यायाधीश श्री धर्मराज पौडेलज्यू लगायत जिल्ला अदालतका श्रेस्तेदारज्यू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। निरीक्षण टोलीलाई सुनवल नगरपालिकाको न्यायिक समितिका तर्फबाट न्यायिक समिति संयोजक तथा नगर उप–प्रमुख श्री सूर्य प्रसाद दुबेज्यूले स्वागत गर्नुभएको थियो। कार्यक्रममा सुनवल नगरपालिकाका न्यायिक समिति सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू, न्यायिक शाखाका कर्मचारीहरू तथा नगरपालिकाका कानूनी सल्लाहकारज्यूको समेत उपस्थिति रहेको थियो।

निरीक्षणका क्रममा न्यायिक समितिबाट सम्पादन हुँदै आएका उजुरी दर्ता, मेलमिलाप प्रक्रिया, अभिलेख प्रणाली तथा न्यायिक कार्यसम्पादनसम्बन्धी विषयहरूबारे जानकारी गराइएको थियो। साथै निरीक्षण टोलीबाट आवश्यक सुझाव तथा मार्गदर्शन प्राप्त भएको थियो।

, ,

मिति २०८३/०१/१७ गते नगर प्रमुख श्री बिमला अर्यालज्यूको अध्यक्षतामा टोखा नगरपालिका वडा नं. ५ का प्रतिनिधिहरुको सहभागितामा बालमैत्री स्थानीय शासन सम्बन्धी प्रत्यक्ष अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

,

मिति: २०८३/०१/१६ गते :नगर प्रमुख श्री बिमला अर्यालज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा माननीय संघीय सांसदहरू श्री नरेन्द्र कुमार गुप्ताज्यू, श्री विक्रम खनालज्यू तथा श्री रिङ्गला यादवज्यूको गरिमामय उपस्थिति रहेको थियो।
नगर उप प्रमुख श्री सूर्य प्रसाद दुबेज्यूको स्वागत मन्तव्यबाट आरम्भ भएको सो कार्यक्रममा माननीय सांसदज्यूहरूले आपसी सहकार्य, समन्वय र एकताका माध्यमबाट क्षेत्रको दिगो विकास, समृद्धि तथा जनअपेक्षा अनुरूपका योजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गर्नुभयो।

, , ,

सुनवल नगर कार्यपालिकाको १८ औँ नगर सभा भव्यताका साथ सम्पन्न!

सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालज्यूको अध्यक्षतामा १८ औँ नगर सभा आज सफलतापूर्वक सम्पन्न भएको छ।

सभाका मुख्य निर्णयहरू:

विनियोजन ऐन २०८२ को संशोधन प्रस्ताव पारित।

विभिन्न महत्वपूर्ण कार्यविधिहरूको अनुमोदन।

उक्त गरिमामय कार्यक्रममा वडा अध्यक्षहरू, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मी (पत्रकार) तथा कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।

#SunwalMunicipality #NagarSabha #LocalGovernment #Development #BimalaAryal #SunwalUpdate

, , , ,

Pages