FAQs Complain Problems

शीतलहरबाट हुने जोखिम न्यूनीकरण गर्न सुनवल नगरपालिकाको अनुरोध

  • शितलहरको समयमा उद्धारमा खटिने प्रहरी, सडकमा काम गर्ने श्रमिकहरुले नियमित रुपमा फ्लोरोसेन्ट ज्याकेटको प्रयोग गरौं ।
  • शितलहरको समयमा पैदल यात्रु, मोटरसाईकल तथा साईकल यात्रुले यात्राको क्रममा अनिवार्य फ्लोरोसेन्ट ज्याक्टको प्रयोग गरौं ।
  • जाडो यामको लागि समयमै न्यानो कपडाको जोहो गरौं।
  • शीतलहरको समयमा घर बाहिर तथा खुल्ला स्थानमा धेरै समय नविताऔं।
  • शरीरको सबै भाग ढाक्ने गरी सफा, बाक्लो र न्यानो लुगा लगाऔं।
  • सुत्दा न्यानो सिरक, कम्बल जस्ता ओढ्ने कपडा प्रयोग गरौं, छाती तथा टाउको अनिवार्य रूपमा ढाकौ।
  • चिसोको समयमा आगो तापेर वा विद्युतीय उपकरण प्रयोग गरी शरीरलाई न्यानो राखौं। खासगरी, छाती र टाउकोलाई चिसोबाट जोगाऔं।
  • वेलाबेलामा तातो पानी, पोषिलो तातो झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौ।
  • चिसो मौसममा इन्फ्ल्युएन्जा, निमोनिया लगायतका संक्रमण बढी हुने हुँदा स्वास्थ्य सुरक्षाको लागि विशेष ध्यान दिउँ।
  • वालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा विरामीहरूको हेरचाहमा विशेष ध्यान दिउँ।
  •  ज्वरो आए, झाडापखाला लागे, दम बढे, खोकी लागे, घ्यारघ्यार भए, सास फेर्न कठिन हुने आदि लक्षण देखिए तत्काल स्वास्थ्यकर्मी सँग सम्पर्क गरौं।
  • घरेलु पशुपन्छीलाई सकेसम्म खुल्ला स्थानमा नराखौं तथा चराउन नलैजाऔं । गोठ भित्र राखेर पर्याप्त घाँस, पराल र दाना  दिऔं। गोठ अथवा टहरालाई सफा र न्यानो गराऔं।
  • चिसोका कारण पशुपन्छी बिरामी भएमा नजिकैको पशु चिकित्सालय, स्थानीय तहको पशु सेवा शाखा वा उपयुक्त पशु चिकित्सकसँग सम्पर्क गरी आवश्यक चेकजाँच र औपधोपचार गरौं।
  • कोठाभित्र आगो बालेर तातो पार्दा वा तातो बनाउने हिटर जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्दा झ्याल ढोका खुला राखी पर्याप्त अक्सिजन आवतजावत हुने कुरा सुनिश्चित गरौं। आगो वा विद्युतीय सामग्री लामो समय प्रयोग नगरौं।
  • सुत्नु अघि अनिवार्यरूपमा आगो निभाएर तथा विद्युतीय हिटर आदि अफ गरौं ।
  • शीतलहरको समयमा हुस्सु वा कुहिरो लागेको अवधिमा सवारी साधन चलाउँदा गति सीमित गरौं । अनिवार्यरूपमा फग लाईट बालेर चलाऔं। आवश्यक परे हेडलाइट बालौ र हर्न समेत बजाऔं ।
  • चिसो वा भिजेको कपडा नलगाउँ।