समाचार
हिउँदे घाँसको बिउ माग गर्ने सम्बन्धी सूचना। (दोश्रो पटक प्रकाशित) - 2082/05/30
सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत पशु सेवा शाखा तर्फको आ. व.२०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार हिउँदे घाँसको विउँ वितरण कार्यक्रमबाट वर्षिम तथा जै घाँसको विउँ वितरण गर्ने कार्यक्रम प्रयोजनार्थ सुनवल नगरपालिका भित्रका पशुपालक कृषकहरू/व्यावसायिक पशुपालन फार्म / पशुपालन समूहका लागी दोश्रो पटक यो सूचना प्रकाशित गरियकोले तपसिल बमोजिमका स्थानहरूवाट हिउँदे घाँसको बीउको माग गर्न आफूलाई पायक पर्ने स्थानमा गई आवश्यक बिउँको परिमाण खुलाई उल्लेखित कागजात संलग्न राखी मिति २०८२/०६/०५ गतेको कार्यालय समय भित्र आवेदन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ। निर्धारित समय भित्र पेश नभएको वा रीत नपुगेको आवेदन उपर कुनै कार्वाही नहुने ब्यहोरा जानकारी गराइन्छ ।