समाचार
होली पर्वको शुभ अवसरमा नगर प्रमुखद्वारा प्रेषित शुभकामना संदेश
रङ्ग, उमङ्ग र आपसी सद्भावको प्रतीक होली पर्व २०८२ को शुभ अवसरमा म सम्पूर्ण नगरवासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । होली पर्वले सामाजिक एकता, आपसी मेलमिलाप र सद्भावलाई थप सुदृढ बनाओस् भन्ने कामनासहित यहाँहरु सबैको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको शुभेक्षा प्रकट गर्दछु।
यस क्रममा जिल्ला प्रशासन कार्यालय, नवलपरासीबाट जारी निर्देशन तथा सूचनाहरूको पूर्ण पालना गर्दै कसैको व्यक्तिगत, सामाजिक, सांस्कृतिक तथा धार्मिक भावनामा आँच नपुग्ने गरी पर्व मनाउन तथा जबरजस्ती रङ, लोला तथा पानी प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी अमर्यादित गतिविधि नगर्न, सार्वजनिक शान्ति–सुव्यवस्था कायम राख्न तथा तोकिएको समयभित्र मर्यादित ढङ्गले होली पर्व मनाउन सबै नगरवासीहरूमा अनुरोध गर्दछु।
होली पर्वले हाम्रो नगरमा शान्ति, सौहार्दता, सुख, समृद्धि र आपसी विश्वास अभिवृद्धि गरोस् भन्ने कामनासहित पुनः एकपटक सम्पूर्ण नगरवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

