समाचार
सुनवल नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) द्वारा यस जिल्लाबाट निर्वाचित संघीय संसदका माननीय प्रतिनिधिहरूको सम्मानमा आयोजित स्वागत तथा सम्मान कार्यक्रम
मिति: २०८३/०१/१६ गते :नगर प्रमुख श्री बिमला अर्यालज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा माननीय संघीय सांसदहरू श्री नरेन्द्र कुमार गुप्ताज्यू, श्री विक्रम खनालज्यू तथा श्री रिङ्गला यादवज्यूको गरिमामय उपस्थिति रहेको थियो।
नगर उप प्रमुख श्री सूर्य प्रसाद दुबेज्यूको स्वागत मन्तव्यबाट आरम्भ भएको सो कार्यक्रममा माननीय सांसदज्यूहरूले आपसी सहकार्य, समन्वय र एकताका माध्यमबाट क्षेत्रको दिगो विकास, समृद्धि तथा जनअपेक्षा अनुरूपका योजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गर्नुभयो।
