समाचार
सामाजिक सुरक्षा भत्ता कुन वर्गका व्यक्तिहरुले कति पाउँछन् ?
क्र.स. | लाभान्वित वर्ग | भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था | मासिक रकम रु. | कैफियत |
१ | ज्येष्ठ नागरिक
|
दलितः ६० वर्ष पुगेको
अन्यः ७० वर्ष पुगेको |
१०००।– | |
२ | एकल महिला |
विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको |
१०००/- | विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । |
३ | विधवा
|
पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला | १०००।– |
विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । |
४ | पूर्ण अपाङ्गता भएका | महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु | २०००/- | |
५ | अति अशक्त अपाङ्गता भएका | महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु | ६००/- | |
६ | बालबालिका | पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका: देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका |
४००/- | |
७ | लोपोन्मुख आदिवासी जनजाती | २०००/- |
नोट: यो विवरण "सामाजिक सुरक्षा कार्याविधि २०७५" बाट लिइएको हो।
७० वर्ष पुरा भएका ज्येष्ठ नागरिक उपचार खर्च मासिक रु. १०००/- थप हुनेछ |
Documents: